काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी प्रतिस्पर्धामा सभ्य संस्कार तथा संस्कृतिका वारेमा सात प्रस्तावका उल्लेख गरेका छन् ।
आज शनिबार सामाजिक सञ्जालमामापर्लत उनले सातवटा बुँदागत रुपमा सात वटा प्रस्ताव सार्वजनिक गरेका हुन्।
उनले अघि सारेका बुँदाहरु यस्ता छन् :
१. प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अघि बढाऔं।
२.स्वस्थ र तथ्यपूर्ण आलोचना गरौँ, आपसलाई गाली नगरौँ।
३ . प्रतिस्पर्धी दल र उम्मेदवारलाई दुश्मन नठानी, मित्रवत व्यवहार गरौं ।
४.निर्वाचनलाई स्वस्थ बनाउन सहकार्य गरौँ ।
महामन्त्री शर्माले स्थानीय निर्वाचनलाई सभ्य र साँचो विश्वसनीयता जनतालाई प्रदान गर्नका लागि दलहरुलाई आग्रह समेत गरेका छन । स्थानीय चुनावमा जनतालाई अनाआवश्यक धेरै लोभ लालच देखाउन नहुने उनले बताएका छन् । विकासका कामहरु गर्न नसकिने किसिमका कुनै पनि झुटा आश्वासन नदेखाउन उनले दलहरुलाई आग्रह गरेका छन् ।
आत्मसात गर्न जरुरी ७ प्रस्ताव ! pic.twitter.com/qEPpIRI7WZ




