खेलकुद

आज जिम्बाबे ए सँग पहिलो एकदिवसीय क्रिकेट खेल्दै नेपाल

काठमाडौं ।शनिबार नेपालले जिम्बाबे ए टोलीसँग पहिलो एक दिवसीय क्रिकेट खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साढे ९ बजे सुरु हुनेछ।

नेपाललले जिम्बाबेसँग तीन एक दिवसीय र तीन टी–२० खेल खेल्नेछ।

आगामी जुनमा हुन गइरहेको ओमान, अमेरिका र नेपालबीचको सिरिजको तयारीको क्रममा नेपालले जिम्बाबेसँग अभ्यास खेल खेल्न लागेको हो ।

नेपाली टोली

कप्तान सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, देव खनाल, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, रोहित पौडेल, सोमपाल कामी, सागर ढकाल, कुशल भुर्तेल, विक्रम सोब, सुनिल धमला, किशोर महतो, आदिल अन्सारी र सुशन भारी।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *