किभ । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा बलात्कारका घटना वृद्धि भएपछि दातृ संस्थाहरू त्यहाँका अस्पतालहरूमा आपतकालीन गर्भनिरोधक चक्की उपलब्ध गराउन लागिपरेका छन् ।
रुसी आक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकका विभिन्न क्षेत्रमा झण्डै ३ हजार प्याकेट ‘मर्निंग-आफ्टर पिल्स’ पठाइएका छन् । इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडेरेसन (आइपीपीएफ) ले उपलब्ध गराएका खाने गर्भनिरोधक चक्की स्वयंसेवकहरूले वितरण गरिरहेका छन् ।
यस कार्यमा संलग्न समूहका क्यारोलिन हिक्सनले यी पिल्सहरू कहिले वितरण गर्छिन् भन्ने सही समय वास्तवमा निकै महत्वपूणर् हुने बताउँछिन् । उनले बीबीसीलाई भनिन्, ‘पाँच दिनको अवधिमा यो चक्की खाइयो भने गर्भाधारण रोक्न प्रभावकारी हुन्छ । यदि कोही लैङ्गिक हिंसाको सिकार भएका छन् भने सकेसम्म छिटो यो चक्की सेवन गर्न ुपर्दछ किन भने बलात्कारको कारण गर्भवती बन्नु अभिशाप जस्तै हुन्छ ।’
यो चक्की गर्भाधारण भएको २४ सातासम्म प्रयोग गर्न सकिन्छ । हिक्सनले सहमतिमै यौन सम्पर्क भए पनि गर्भवती हुने समय उपयुक्त भइनसकेको जस्तो लागेको अवस्थामा पनि उक्त चक्की प्रयोग गर्न सकिने बताइन् । युक्रेनमा संयुक्त राष्ट्र संघको जनसंख्या कोषले पनि मातृत्वसम्बन्धी आवश्यक औषधि उपलब्ध गराइरहेको छ ।




