समाचार

माओवादीका उम्मेद्वारले बकैयामा लिए उम्मेद्वारी फिर्ता

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्षका लागि नेकपा माओवादीबाट उम्मेदवारी दिएकी लक्ष्मीमाया माझी ९कृपा० ले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई सघाउन उम्मेदवारी फिर्ता लिएको उनले बताएकी छन् ।

गठबन्धनको निर्णयअनुसार बकैयाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर खत्रीलाई कांग्रेसले सघाउनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *