समाचार

सर्विया वैदेशिक रोजगारीका लागि खुल्ला

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि सर्विया जान खुल्ला गरेको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मुद्रण विभागमा सूचना प्रकाशित गर्दै अब सर्वियामा पनि वैदेशिक रोजगार व्यवसाय गर्न पाउने निर्णय भएको उल्लेख गरेको हो।

मन्त्रालयका सचिव एक नारायण अर्यालले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३ को उपदफा (१) ले खिएको अधिकार प्रयोग गरी सर्वियामा श्रमका लागि खुल्ला भएको जानकारी दिएका हुन्।यसअघि सरकारले ११० वटा देश वैदेशिक रोजगारीका लागि खुल्ला गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *