विश्व

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप हुँदा १२ जना घाइते

जेरुसेलम । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी र इजरायली प्रहरीबीचको ताजा झडपमा शुक्रबार १२ जना घाइते भएका छन् ।

प्यालेस्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार फ्ल्यासपोइन्टना घटेको हिंसापछि सो घटना घटेको हो ।

इजरायलको प्रहरीले भनेअनुसार झडपकारीहरूले अल-अक्सा मुनि रहेको यहूदीहरूको पवित्र स्थल पश्चिमी पर्खाल तर्फ ढुङ्गा र आतिशबाजी गरेपछि प्रहरी परिचालन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *