समाचार

७० केजी गाँजासहित चितवनमा एक जना पक्राउ

काठमाडौं । चितवनको राप्ती नगरपालिका–१ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजा रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *