खेलकुद

एन्फाद्धारा एनएसएलका लागि नयाँ मिति घोषणा

काठमाडौँ । नेपाल स्पोर्टस म्यानेजमेन्टकाले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल)का लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नयाँ मिति दिएको छ ।

एन्फाले एनएसएल आयोजनाका लागि भदौ १५ असोज २५ सम्मको समय दिएको नेपाल स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माले जानकारी दिए ।

एनएसएलले यसअघि भदौ २५ बाट कार्तिक ५ गतेको समय मागेको थियो । खेलाडी अनुबन्धको विषयलाई लिएर अक्सन भइसकेको एनएसएल टाइसिट ड्र गर्ने समयमा रोकिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *