समाचार

तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २८ जना घाइते

मुस्ताङ । विराटनगरदेखि मस्ताङको मुक्तिनाथ तीर्थ यात्रामा गएको बस दुर्घटनामा परेको छ । ३८ जना तीर्थ यात्री बोकेको उक्त बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ भने २८ जना घाइते भएका छन् ।

तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना हुँदा स्कुटरमा सवार एकजनाको मृत्‍यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।

उनका अनुसार मृत्यु हुने ३८ वर्षकी महिला छिन् । उनी स्कुटरमा सवार थिइन् ।

उनले भने, ‘बेनीमा तीर्थ यात्री बोकैको बस दुर्घटना भएको छ। बसले स्कुटर चालकलाई ठक्कर दिएकोले उसको घटनास्थलमै मृत्‍यु भएको छ। दुर्घटनामा २८ जना घाइते यात्रु घाइते हुनु भएको छ। उहाँहरुको अस्पतालमा उपचार भइरहेको छ।’

प्रमुख जिल्ला अधिकारीका अनुसार मुस्ताङको वारागुङ गाउँपालिका-१ मा बस दुर्घटना भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *