समाचार

सिरियामा इजरायलको आक्रमण जारी, ४ सैनिकको मृत्यु

दमासकस । सिरियाको दमासकसमा इजरायलले शक्तिशाली हतियारबाट आक्रमण गरेको बताइएको छ ।

केही दिन यतादेखि इजरायलले सो हमला जारी राखेको समाचारमा जनाइएको छ ।

बुधबार पनि सिरियाको राजधानी दमासकसमथि इजरायलले हमला गरेको र त्यसका क्रममा कम्तीमा पनि चार जना सिरियाली सैनिक मारिएका बताइएको छ ।

सिरियाली सरकारी समाचार समिति सानाले दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि इजरायलले सिरियाको राजधानी दमासकसनजिकैका कतिपय क्षेत्रमा हमला गरिहेको छ र त्यस क्रममा सिरियाली कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको छ ।

सो आक्रमणबाट भौतिक सम्पत्तिमा पनि क्षति पुगेको सिरियाली सरकारले जनाएको छ ।

सिरियाली सैनिक स्रोतले जनाएअनुसार यहाँका सैनिकले इजरायलले प्रहार गरेका मिसाइलहरु निस्तेज पारेर खसालिदिएको थियो ।

सिरियाली हवाई सुरक्षा सैन्य बलले प्रतिरक्षा गरेर ती मिसाइल खसालेपछि ठूलो क्षति हुनबाट रोकिएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *