काठमाडौँ । ‘हरेक परिवारमा युद्धको कथा हुन्छ, र हामीले ती कथाहरू बिर्सनु हुँदैन तर हाम्रो आगामी पुस्तालाई सुनाउनु पर्छ ।’ यो कुरा रुसको ‘सिक्रेट फर्स्ट लेडी’ भनिने एलिना काबाएवाको हो । युक्रेन र रुस युद्धको बीचमा उनी चर्चामा छिन् ।
कारण यो हो कि अमेरिकाले राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरू सहित निकटका व्यक्तिहरूलाई प्रतिबन्ध लगाएको छ, तर एलिना अझै पनि यो प्रतिबन्धबाट बचेकी छन् ।
वाल स्ट्रीट जर्नलले एक रिपोर्टमा अमेरिकाले पुटिनकी कथित ‘प्रेमिका’ र पूर्व ओलम्पिक जिमनास्ट एलिना काबाएभालाई प्रतिबन्ध लगाउने तयारी गरिरहेको थियो, तर अन्तिम मिनेटमा यो स्थगित गरिएको उल्लेख गरेको छ । यसको पछाडिको कारण पुटिनले यसलाई व्यक्तिगत आक्रमण मान्न सक्ने र यसले शान्ति पुनर्स्थापनाको प्रयासलाई बिथोल्न सक्ने रहेको बताइएको छ ।
यद्यपि, ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले अमेरिकाले जानाजानी रुसी राष्ट्रपति पुटिनकी प्रेमिकामाथि प्रतिबन्ध नलगाएको भनाईलाई खारेज गरेकी छन् ।
रुसी नेता र पूर्व जिमनास्ट एलिना काबाएभालाई कारबाही किन नगरिएको सोध्दा साकीले भनिन्- ‘हामी निरन्तर प्रतिबन्धहरूको समीक्षा गरिरहेका छौं ।’
को हुन् एलिना काबाएवा ?
एलिना जिमनास्ट थिइन् र उनले २००४ एथेन्स ओलम्पिकमा स्वर्ण पदक पनि जितेकी थिइन्। १३ वर्षको उमेरमा, उनले १९९८ मा आफ्नो पहिलो विश्व उपाधि जितेकी थिइन् । यसपछि उनले सन् २००१ र २००२ मा युरोपियन च्याम्पियनसिपमा पनि धेरै पदक जितिन् । सन् २००३ मा पनि उनले धेरै विश्व उपाधि जितेकी थिइन् । उनी पनि डोपिङ मुद्दामा फसेकी थिइन् । तर, त्यसको ठूलो मार उनीहरूले बेहोर्नु परेन ।
सन् २००५ पछि उनी विस्तारै राजनीतिमा प्रवेश गरिन् र उनको नाम पुटिनसँग जोडिन थाल्यो । उनी युनाइटेड रसिया पार्टीको प्रतिनिधित्व गर्दै रुसी संसदको तल्लो सदन डुमामा पनि निर्वाचित भएकी थिइन् । २०१४ मा, उनी ओलम्पिकमा टर्च बोक्ने खेलाडीहरू मध्ये एक थिइन् ।
एलिना क्रेमलिन समर्थित मिडिया समूह ‘द नेशनल मिडिया ग्रुप’ को प्रमुख पनि छिन्, तर पश्चिमी प्रतिबन्धहरूलाई ध्यानमा राख्दै उनको नाम अप्रिलमा वेबसाइटबाट हटाइएको मस्को टाइम्सले रिपोर्ट गरेको छ ।
२०१५ मा एलिना बच्चा जन्माउन स्वीट्जरल्याण्ड गएको रिपोर्ट यसअघि सार्बजनिक भएको थियो । त्यसपछि, २०१९ मा, उनले कथित रूपमा मस्कोमा जुम्ल्याहा बच्चाहरूलाई जन्म दिएको बताइएको छ । तर, पुटिनले यो कुराको पुष्टि भने गरेका छैनन् ।
मस्कोमा ‘एलिनाको चर्चा
‘द मस्को टाइम्स’को रिपोर्टका अनुसार एलिना गत शनिबार रुसको राजधानीमा भएको ‘अलिना फेस्टिभल’ मा देखा परेकी थिइन् । मे महिनामा रुसको विजय दिवसको अवसरमा प्रशारण हुन लागेको ‘जिम्नास्ट प्रदर्शनी’का लागि उनी त्यहाँ आएकी थिइन् ।
यस क्रममा उनले भनिन्- ‘हरेक परिवारमा युद्धको कथा हुन्छ, हामीले ती कथाहरू बिर्सनु हुँदैन, आफ्नो आगामी पुस्तालाई सुनाउनुपर्छ ।
यस अवसरमा उनले युक्रेनमा रुसको आक्रमण र रुसका जिम्न्यास्ट, जज र प्रशिक्षकलाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट प्रतिबन्ध लगाएको विषयमा भएको आलोचनाबारे उनले यसबाट मात्रै रुसले जित्ने बताएकी थिइन् ।
एलिनाले यस कार्यक्रममा भाग लिएपछि उनी स्विजरल्याण्ड वा साइबेरियाको बंकरमा लुकेर बसेको बताइएको छ ।
यस कार्यक्रममा सयौं बालबालिकाको सहभागिता रहेको थियो र यस क्रममा ‘जेड’ चिन्ह पनि देखाइएको थियो जुन युक्रेनमा रुसको आक्रमणको समर्थनको प्रतीक बनेको छ ।




