समाचार

एसियन गेम्स : बास्केटबल छनोट वैशाखको तेस्रो साता

काठमाडौं । १९औं एसियन गेम्स (एसियाड) का लागि नेपाल बास्केटबल संघले महिला बास्केटबल (थ्री बाई थ्री) राष्ट्रिय टिमको प्रारम्भिक छनोट गर्ने भएको छ ।

बुधबार संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले वैशाख १७ र १८ गते राखेप सेमिइन्डोर कभर्डहलमा खेलाडी छनोट कार्यक्रम रहेको जनाए । ‘हामी यु–२३ को लङ नेम छनोट गर्न गइरहेको उनले बताएका छ ।

आगामी सेप्टेम्बरमा चीनको होन्जोउ सहरमा आयोजना हुने एसियाडमा समावेश भएसँगै बास्केटबल संघले खेलाडी छनोट गर्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *