समाचार

नेपालले जिम्बाबेसँग खेल्ने एक दिवसीय र टी–२० खेलको प्रत्यक्ष प्रसारणमा सम्झौता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एक दिवसीय र टी–२० खेलको प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको छ ।

कीर्तिपुर त्रिवि मैदानमा हुने खेल याक्सन स्पोर्ट्सले टेलिभिजन लाइभको अधिकार पाएको छ भने ओएसआरले डिजिटल राइट्स पाएको छ । क्यानले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेको थियो ।

नेपाली टिममा विनोद भण्डारी र सुनिल धमलाले पुनरागमन गरेका छन् । यस्तै ज्ञानेन्द्र मल्ललाई विश्राम दिइएको छ । क्यानले २३ खेलाडीबाट खेलको दिनमात्रै सुरुवाती ११ छनोट हुने जनाएको छ ।

नेपालले जिम्बावे सँग तीन ५० ओभरको र तीन टी–ट्वान्टी खेल खेल्नेछ । ५० ओभरको सिरिज १७ देखि २१ वैशाखसम्म चल्ने छ । यस्तै टी–ट्वान्टी सिरिज २३ देखि २६ वैशाखसम्म हुनेछ ।

नेपाली टिम :
सन्दीप लामिछानेको (कप्तान) दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सर्राफ, अभिनाश बोहोरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब, सुनिल धमला

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *