समाचार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा मोटरसाइकलको ठक्करबाट आज एक जना पैदलयात्री मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ७५ बर्षीय पंचम अहिर रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान साढे १० बजे तौलिहवाबाट गोपालपुर तर्फ जाँदै गरेको यू.पि. ५५ एक्स ९१८० भारतीय नम्बर प्लेटको मोटरसाइकलले पैदल हिडिरहेका अहिरलाई ठक्कर दिएको थियो ।

मोटरसाइकल सहित चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *