विश्व

किम जोङ उनद्वारा उत्तर कोरियाले आफ्नो आणविक शक्तिलाई निरन्तरता दिने उद्घोष

प्योङयाङ [उत्तर कोरिया] । उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए) को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन् ।

“हामी अधिकतम गतिमा रहेको आणविक शक्तिलाई थप विकास र सुदृढ पार्ने उपायहरू अबकम्बन गर्नेछौं,” किमले भने।उनका अनुसार उत्तर कोरियाले कुनै पनि बेला परमाणु हतियारको प्रतिरोधात्मक शक्ति प्रयोग गर्न सक्षम हुनका लागि सावधानीपूर्वक तयारी गर्नेछ। -एएनआई/स्पुतनिक

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *