खेलकुद

बराबरीमै राेकिए क्रिष्टल प्यालेस र लिड्स

काठमाडौं । क्रिष्टल प्यालेस र लिड्स युनाइटेडले इङ्लिस प्रिमियर लिग अन्तर्गत ३३औँ चरणको खेलमा गोलरहीत बराबरी खेलेका छन् ।

सोमबार राति लन्डनमा भएको खेलमा दुबै टोलीले गोलका केही अवसर सृजना गरेपनि सदूपयोग गर्न सकेनन् । सिजनको अन्त्यतिर आइपुग्दा दुबै टोली रेलिगेशन क्षेत्रबाट टाढिने परिस्थितिमा छन् ।

क्रिष्टल प्यालेसले ३८ अंकसहित १४औँ स्थानमा छ । लिड्सले ३४ अंक सहित १६औँ स्थानमा छ । जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहँदा एभर्टन, वाटफोर्ड र नर्विच रेलिगेशन क्षेत्रमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *