विश्व

रुसको कुर्स्क क्षेत्रमा २ युक्रेनी ड्रोन खसालिए

मस्को । रुसी वायु रक्षा प्रणालीले रुसको युक्रेनको सीमावर्ती कुर्स्क क्षेत्रमा दुई युक्रेनी ड्रोन खसालेको कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले सोमबार बताएका छन्।

“आज ०४ :१५ मस्को समय ( ०११५ जिएमटी) मा रूसी वायु रक्षा प्रणालीको टोलीले र्ल्यस्की जिल्ला बोरोभोस्कोए गाउँमा दुई युक्रेनी ड्रोनहरू खसाले,” गभर्नरले टेलिग्राममा उल्लेक गरेका छन् ।

” उक्त घटनाबाट कुनै हताहत चोटपटक वा विनाश भएको छैन। स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ,” उनले थपे ।

शनिबार, गभर्नरले भने कि युक्रेनले यस क्षेत्रमा एक सीमा चेकपोस्टमा गोलाबारी गरेको थियो जसले आगलागी निम्त्याएको थियो तर कुनै हताहती भने भएन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *