समाचार

केन्द्रको हस्तक्षेपपछि कांग्रेस कास्कीमा उम्मेदवार परिवर्तन

काठमाडौं । नेपाली कांग्रेस कास्कीले केन्द्रको हस्तक्षेपपछि रुपमा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको पत्राचारपछि कांग्रेस कास्कीले रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको हो ।

अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठलाई उठाइएकोमा पछि परिवर्तन गर्दै अध्यक्षमा गीमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई टिकट दिइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *