देश

कांग्रेस गण्डकी : सबै नगरपालिकाको उम्मेद्वार टुंगो

काठमाडौं । नेपाली कांग्रेसले गण्डकीका सबै नगरपालिकाका टिकट बाँडफाँट गरेको छ । पर्वतका दुई पालिका बाहेक २४ नगरपालिकाको टिकट वितरण गरिएको हो । पर्वतमा गुटको विवादले रोकिएको छ ।

कुन पालिकामा कसले पायो भन्ने अझै सार्वजनिक भएको छैन । सोमबार बिहान बसेको प्रदेश समिति बैठकले टिकट वितरण टुंगो लगाएको हो । गाउँपालिकाको टिकट भने जिल्लाबाटै वितरण भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *