समाचार

कांग्रेसले कास्कीको मादी गाउँपालिकाको उम्मेदवार मतदानबाट टुङ्ग्यायो

काठमाडौं । नेपाली कांग्रेसले कास्कीको मादी गाउँपालिकाको उम्मेदवार मतदानबाट टुंग्याएको छ । धेरै आकांक्षी भएपछि पार्टीभित्रै मतदान प्रक्रिया अपनाइएको हो ।

मतदानबाट यसअघि २०७४ मा पराजित भएका देवीजंग गुरुङ नै अध्यक्षको उम्मेद्वार हुने भएका छन् । गाउँपालिका पार्टी कार्यसमितिको १४ सदस्यीय संसदीय बोर्डमा मतदान तय गरिएको छ । ।

देवीजंग गुरुङ, अर्जुन गुरुङ र लेखबहादुर गुरुङबीच प्रतिस्पर्धा भएको थियो । देवीजंगको पक्षमा ७, अर्जुनको पक्षमा ५ र लेखबहादुरको पक्षमा २ मत परेको हो

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *