विश्व

फ्रान्सेली राष्ट्रपति पदका लागि म्याक्रोन र ले पेनबीचको दौड शुरु

काठमाडौं । सन् २०२२ को फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको दौड स्थानीय समय अनुसार आइतबार बिहान ८ बजे (०६०० जिएमटी) मेट्रोपोलिटन फ्रान्समा वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोन र उम्मेदवार मारिन ले पेनबीच शुरु भएको छ । फ्रान्सेली योग्य मतदाताहरूले शनिबार आफ्नो मतपत्र हालिसकेका छन् ।

फ्रान्सको संवैधानिक परिषद्ले सार्वजनिक गरेको पहिलो चरणको मतदानको नतिजा अनुसार म्याक्रोनले ९,७८३,०५८ मत जुन वैध मतपत्रको २७.८५ प्रतिशत र उनका प्रतिद्वन्द्वी ले पेनले ८,१३३,८२८ मत जुन २३.१५ प्रतिशत हो सो प्राप्त गरेका छन् । अप्रिल १० मा भएको पहिलो चरणको मतदानमा ३५,९२३,७०७ मतदाताले मतदान गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *