विश्व

जी -२० सम्मेलनमा सहभागीताबारे पुटिन अझै अनिर्णित

मस्को । विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागीताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णित भएका छन् ।

उनका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार पुटिनले यस बारेमा अहिलेसम्म निर्णय नगरेपनि चाडै निर्णय आउने अपेक्षा गरिएको छ । “उहाँले गर्ने निर्णय जति सक्दो चाँडो हामीले यहाँहरुलाई जानकारी गराउने छौँ, तर अहिलेसम्म भने कुनै निर्णय भएको छैन,” प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुलाई भने ।

विदेशी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गर्ने जिम्मेवारी पाएका इन्डोनेशियाका अर्थ मन्त्री मुल्यानी इन्द्रावतीले रूसी राष्ट्रपति पुटिनसहितका सबै २० देशका राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा पठाइसकेका छन् ।

विश्व चर्चित र चासोका साथ हेरिने जी–२० सम्मेलन आगामी नोभेम्बरमा इन्डोनेसियाको बालीमा आयोजना गर्ने तय भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *