समाचार

के एमालेले ‘एक घर एक धारा’ अभियान सुरु गर्न सक्छ त स्थानीय निर्वाचनपछि ?

काठमाडौं । अहिले वर्तमान समयमा नेताहरु आ– आफ्नो गृहकार्यमा जुटिरहेका छन । संघियता लागू भएपछिको यो दोस्रो निर्वाचन हो । संघियता कार्यन्वयन भएको पाँच वर्ष पुरा भइसकेको छ । स्थानीय तहको विकासका वारेमा विश्लेषण गर्दा नगन्य विकास भएको छ । पाटीभित्रको गुट र फुटका कारण विकासले त्यती तिव्रता पाउन सकेन । ग्रामिन बस्तीहरुमा खानेपानीको समस्या अधिक छ । तर आगामी निर्वाचन पछि प्रत्येक नेपालीका घर घरमा पिउने पानीको धारा निर्माण गरेर जनतालाई पानीको पँहुच पु¥याउने नेकपा एमालेलेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रीले घोषणापत्रका उल्लेख गरेका छन । उनले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर घोषणपत्रमा प्रकाशित गरेका हुन । उक्त घोगाणापत्रमा चुनावमा जनतालाई मिठो बोलीले मख्ख पार्ने हैसियतले नै धेरै विषयका वारेमा उल्लेख गरेका छन । उनले अघिल्लो पटकको चनावमा पनि यस्ता थुप्रै कुराको विवरणसहित घोषणा पत्र प्रकाशित गरेका थिए । तर उनले जाहेर गरेको घोषणपत्रका आधारमा कामको मुल्याङ्कण गर्दै विकासले पछाडि परेका ग्रामिन बस्तीहरुका पुग्दा स्थानीयहरुको गुनासोकोे पोको भन्दा अन्य कुरा पाउँन मुस्किल हुन्छ । उनले अहिलेको घोषणपत्रका उल्लेख गरेअनुसार प्रत्येक स्थानीय तहका वडाहरुमा पानीको धारा निमार्ण गराउँने भनेका छन । के एमालेले प्रत्येक वडामा पानीको धारा निर्माण गर्न सक्छन त ? त्यस्मा विश्वसनीयता कसरी गर्छन जनताले ?

नेकपा एमालेले ‘एक घर एक धारा’ अभियान सुरु गरी आगामी दुई वर्षमा सबै नागरिकको पहुँचमा खानेपानी पुर्याउने जनाएको छ । एमालले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरिएको हो ।

‘प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्था मार्फत सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘एक घर एक धारा अभियान अन्तरगत आगामी दुई वर्षभित्र सबै नागरिकमा खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गर्ने उनले घोषणापत्रमा उल्लेख गरेका छन् ।

खानेपानी व्यवस्थापनमा जनसहभागिता सुनिश्चित हुनेगरी उपयक्तु संयन्त्र निर्माण गर्ने, ठूला खानेपानी आयोजना सङ्घ र प्रदेशसँगको सहकार्यमा निर्माण गर्ने प्रतिवद्धिता पनि घोषणापत्रमा उल्लेख छ । अबको चुनावमा विजय हासिल गर्नका लागि मात्र घोषणापत्र उल्लेख गरेरमात्र जनताको समस्या समाधान हुन् सक्दैन । यसका लागि जनताको घर देैलोमा गएर उनीहरुको आवश्यकता र चाहान बुझ्नु आवश्यक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *