राजनीति

उम्मेदवार नभएको क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न माओवादीको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानको मतपत्रमा चुनाव चिन्ह नराख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आयोगले उम्मेदवार नभएका ठाउँमा समेत चुनाव चिन्ह राख्न लागेकाले आफूहरूले त्यस्तो नगर्न निवेदन दिएको जानकारी दिए।

आयोगबाट त्यसको जवाफ आई नसकेको ढकालको भनाइ छ । सत्ता गठबन्धनमा रहेर चुनावी तालमेल गरेकाले कतिपय स्थानमा माओवादी केन्द्रका उम्मेदवार हुने छैनन् ।

उम्मेदवार नै नभएको स्थानमा चुनाव चिन्ह राख्न नहुने माग माओवादी केन्द्रको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *