राजनीति

पर्सीदेखि मनोनयन दर्ता, तर दलदहरूलाई उम्मेदवार टुंग्याउनै सकस

काठमाडौँ । आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेसहितका दलले उम्मेद्‍वारको टुंगो लगाउन सकेका छैन ।

निर्वाचन आयोगका अनुसार ११ वैशाखदेखि सुरु हुने मनोनयन दर्ता हुने छ । तर, सत्तारुढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरपालिकाको भागबन्डा गरे पनि उम्मेदवारको टुंगो लगाउन अझै सकेका छैनन् भने प्रतिपक्ष एमाले १० वैशाख उम्मेदवार टुंग्याउने घोषणा गरेको छ ।

नेपाली कांग्रेसले मुख्यतः महानगर र उपमहानगरमा उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले शनिबारको बैठकबाट निर्णय लिने भएको छ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाका लागि रेणु दाहाललाई दोहोर्‍याउने जनाइरहेका बेला नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले भने अझै निर्णय लिन सकेका छैनन् ।

हाललाई आन्तरिक छलफलमा रहेको जनाउँदै ११ वैशाखभित्रै निर्णय लिने गरी राजनीतिक दललाई दबाब बढ्दै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *