राजनीति

बेलकोटगढी नगरपालिकाको मेयरका लागि माओवादीबाट तीन जनाको नाम सफारिस

नुवाकोट । नेकपा माओवादी केन्द्रले बेलकोटगढी नगरपालिकाको मेयरका लागि रहर गर्नेहरू मध्येबाट तीन जनाको नाम सिफारिस गरेको छ । माओवादीबाट बेलकोटगढीको मेयरका लागि जगत लामा, रामप्रसाद ढुंगाना र कविता ढुंगानाको नाम सिफारिस भएको छ ।

माओवादी केन्द्रका आंकाक्षीहरूको बिहीबार बसेको बैठकले तीन जनाको नम सिफारिस गरेको हो । नेपाली कांग्रेससँग गठबन्धन भएको खण्डमा बेलकोटगढीको मेयर नेकपा माओवादी केन्द्रले पाउने सम्भावना छ । पाँच दलीय गठबन्धनले बनाएको केन्द्रीय मापदण्ड अनुसार पनि बोलकोटगढी माओवादीले पाउनेछ । माओवादीबाट अन्तिममा जगत लामाले नै टिकट पाउने सम्भावना रहेको माओवादी नेताहरूले जनाएका छन । यसअघि लामा उपविजेता बनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *