समाचार

स्वास्थ्यमन्त्री र डब्लुएचओको महानिर्देशकबीच भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस घेब्रेयससबीच भेटवार्ता भएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको भेटवार्तामा महानिर्देशक ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालले समर्थन गरेको छ । सो क्रममा स्वास्थ्य मन्त्री खतीवडाले उनको उम्मेदवारीलाई समर्थन जनाए ।

‘दोस्रो कार्यकालको लागि यहाँको मनोनयनलाई हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिन्छौं । आफ्नो महत्त्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्ने क्रममा यहाँलाई हामीले सक्दो समर्थन र सहयोग गर्नेछौं,’ मन्त्री खतिवडाले भने ।

मन्त्री खतिवडाले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले अग्रणी भूमिका निर्वाह गरेको बताए । मन्त्री खतिवडाले एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तीय रणनीति तर्जुमा गर्ने योजना बनाएको बताए ।

टेड्रोस तीन दिने भ्रमणका लागि नेपाल आएका हुन्। यस दौरान उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहिच उच्च पदाधिकारीसँग भेटवार्ता गर्नेछन् । त्यस्तै स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग पनि छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *