विश्व

दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित

सोल । दक्षिण कोरियामा गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित देखिएको छ ।

यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

कोरिया रोग नियन्त्रण र रोकथाम निकायकाअनुसार अघिल्लो दिन कोरोना सङ्क्रमतिको संख्या एक लाख ११ हजार ३१९ रहेको थियो ।

गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म कोरोना सङ्क्रमणको कारण थप १४७ मृत्यु भएको जनाइएको छ । यसैसँगै कोरोना सङ्क्रमणको कारण दक्षिण कोरियाका कुल मृतकको संख्या २१ हजार ६६७ पुगेको छ ।

साथै कोरोनाको कारण गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर ८४६ पुगेको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियामा कोरोना विरुद्वखोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख ३० हजार ४२५ रहेको छ ।

उक्त संख्या कुल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *