खेलकुद

प्रिमियर लिगकाे शीर्ष स्थानमा उक्लियो सिटी

काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति घरेलु मैदान इतिहादमा सिटीले ब्राइटनलाई ३-० गाेल अन्तरले हराएकाे हाे । सिटीकाे जितमा रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १-१ गोल गरे । घरेलु मैदानमा सिटीले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५३औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६५ औं मिनेटमा फोडेनले २-० को अग्रता बनाए । ८२औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *