समाचार

बैतडीका किसान गहुँ भित्र्याउने काम्मा व्यस्त

काठमाडौं । बैतडीसहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ । यतिबेला किसानहरू आ–आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् ।

अरु वर्षको तुलनामा यसवर्ष गहुँबाली सप्रिएको किसानले बताएका छन् । यसपालि समयमा वर्षा हुँदा र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया–४ का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछि बजारबाट किन्नु नपर्ने अवस्था रहेको रहेको उनले बताइन् ।

विगतमा सिँचाइको अभावले गहुँबाली बिग्रिने गरेकोमा यसपालि भने वर्षाका कारण सबै ठाउँका किसानले आफ्नो खेतमा छरेको गहुँबाली सप्रिएको पुर्चौडी नगरपालिका–६ दहतालका राम बोहराले जानकारी दिए ।

किसानको गहुँबाली सप्रिएपछि किसान खुसी हुँदै खेतमा गहुँ भित्र्याउन लागेको सिगास गाउँपालिका–९ चौखामका मुरलीधर अवस्थीले जानकारी दिइन ।

विभिन्न समयमा किसानहरूले आफ्नो खेतमा लगाएका कृषि उपजहरू असिनापानीले नष्ट गर्ने भए पनि यसपालि निकै कम क्षति भएको पञ्चेश्वर गाउँपालिका–४का नरेन्द्र चन्दले बताए । उनका अनुसार ‘कहिले बेमौसमी वर्षाका कारण बालिनाली बिग्रन्छ । कहिले भित्र्याउन ठिक्क भएको बालीनाली बिग्रन्छ । तर, यसपालि सबैकुराको अनुकुलता मिलेकाले गहुँबाली सप्रिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *