काठमाडौं । भक्तपुरको बिस्काः जात्रामा भैरवनाथको रथले किचेर एकजनाको मृत्यु भएको छ ।
रथ तान्ने क्रममा भक्तपुरको नासमना चोकमा जात्रा हेर्न बसेका एक वृद्धको रथले किचेर मृत्यु भएको हो।
मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल छन् ।




