खेलकुद

सनराइजर्ससँग कोलकता पराजित

काठमाडौं । सनराइजर्स हैदरावादले कलकता नाइट राइडर्सलाई पराजित गरेको हो । कलकतालाई हैदरावादले ७ विकेटले पराजित गरेको हो ।

कोलकताले दिएको १७६ रनको लक्ष्य पटछ्याएको हैदरावादले १३ बल बाँकी रहँदै ३ विकेट गुमाएर लक्ष्य भेटाएको हो । हैदरावादका आइडेन मारक्रम र राहुल त्रिपाठीले विस्फोटक व्याटिङ गरे ।

मारक्रमले ६८ रन बनाउँदा त्रिपठाीले ७१ रन बनाए । पराजित भएपनि कलकता तालिकाको चौथो नम्बरमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *