समाचार

काठमाडौं उपत्यकासहित वागमती प्रदेशमा आजदेखि बढ्यो सार्वजनिक गाडीको भाडा

काठमाडौं । काठमाडौं उपत्यकासहित वागमती प्रदेशमा आज (बिहीबार) देखि सार्वजनिक गाडीको भाडा बढेको छ ।
अब काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ पुगेको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो । न्यूनतम भाडा १८ रुपैयाँ भए पनि यात्रु २० रुपैयाँ तिर्न बाध्य थिए ।

त्यस्तै १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २ सय मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ ।

प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति २ सय मिटरको हकमा १३ रुपैयाँ कायम गरिएको छ ।

पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने गरिन्छ । वागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निणर्य अनुसार भाडादर समायोजन गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *