समाचार

थप दुई देशसँग नेपालको कुटनीतिक सम्बन्ध कायम

काठमाडौं । नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको जानकारी दिइन् ।

उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ । प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा आएको प्रस्तावहरुमाथि सरकारले महत्वका आधारमा भोट गरेको बताइन्। उनले नेपालले राष्ट्र संघको निकाय भएको मतदानमा अहिलेसम्म भएका ४ भोट युक्रेनको पक्षमा हालेको पनि बताइन् ।

‘पछिल्लो समय रुस र युक्रेनबीच जोडिएका विषयहरु पनि धेरै आएका छन्। हामी मानव अधिकार परिषद्को सदस्य भएको हिसावले अहिले यूएनमा इमर्जेन्सी स्पेशल शेषन चलिरहेको छ। १७ औँ शेषन चलिरहेको छ । त्यसमा विभिन्न विषयमा छलफल पनि भइरहेको छ। त्यसमा नेपालले आफ्नो मत अभिमत, आफ्नो धारणा कन्ट्रीको पोजिशन, मन्तव्य, वक्तव्य सबै जारी गर्दै आएको छ’ उनले भनिन्, ‘ विभिन्न सवालमा हामीले हामीले मेरिटको आधारमा आफ्नो मतलाई जाहेर गर्दै, प्रकट गर्दै आएका छौँ। हामीले महत्वका आधारमा ४ वटा ठाउँमा हामीले युक्रेनको पक्षमा भोट गरेका छौँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *