खेलकुद

जितविहीन नेपाली फुटसल टोली आज फर्कँदै

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोट खेल्न किर्गिस्तान पुगेका नेपाली राष्ट्रिय फुटसल टोली आज स्वदेश फर्कँदैछन् । विस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आयोजना भएको छनोटमा नेपाल जितविहीन फर्कन लागेको हो । नेपाल प्रतियोगिताको तीनै खेलमा पराजित भएको थियो ।

नेपाली टोली बुधबार साँझ ६ बजे नेपाल आइपुग्ने बताइएको छ । छनोटको सेन्ट्रल र साउथ जोनअन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ र अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *