समाचार

पुष्पराम केसी बने सशस्त्र प्रहरीको १९ दिने आईजीपी

काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले वरिष्ठतम् एआइजी केसीलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि महानिरीक्षक पद खाली थियो।

वरीयतामा केसी अर्का एआईजी रामशरण पौडेलभन्दा अगाडि थिए । केसी आगामी वैशाख १८ सम्म सशस्त्रको महानिरीक्षक हुनेछन् । तीस वर्षे सेवा अवधिका कारण केसी १९ दिनपछि अवकाशमा जान्छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *