खेलकुद

मन्त्री गहतराज-राजदूत गोवी भेटवार्ता : नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलाउने सहमति

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा.ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलबार सिंहदरबारस्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा मन्त्री गहतराज र राजदूत गोवीबीच दुई देशको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो । भेटकै क्रममा मन्त्री गहतराजले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि गरेको प्रस्तावमाथि राजदूत गोवीले सहमति जनाएका छन् ।

दुई देशबीच हुने मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझैँ प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री गहतराजले राजदूत गोवीमार्फत् अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *