विश्व

युक्रेनसँग वार्ता असफल भयो- पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको वार्ता असफल भएको बताएका छन् ।

युक्रेन आक्रमणको ४८औं दिन एक पत्रकार सम्मलेनमा बोल्दै राष्ट्रपति पुटिनले युक्रेनले युद्ध अपराधको बारेमा ‘झूटा दावी’ गरिरहेको बताउदै उसले आफ्नो लागि थप सुरक्षा ग्यारेन्टीको माग गरिरहेको बताएका छन् ।

पुटिनले भने- ‘हाम्रो वार्ता फेरि एकपटक गतिरोध आएको छ ।’ पुटिनले युक्रेनको राजधानी किभ वरपरबाट रुसी सेना फिर्ता गरेपछि पहिलो पटक सार्वजनिक बयान दिएका हुन् ।

पुटिनले युक्रेनमा रुसको आक्रमण सहि भएको दोहोराएका छन् । उनले भने- ‘यो स्पष्ट छ की हामीसँग विकल्प थिएन, यो सहि निर्णय थियो । हाम्रो लक्ष्य एकदम स्पष्ट छ र हामीले त्यो हासिल गरिरहेका छौं ।’

उनले पूर्वी युक्रेनमा रुसी भाषी जनताको सुरक्षाका लागि रुसले आफ्नो अभियान जारी राख्ने बताए ।

यद्यपि, युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलेकले रोयटर्स समाचार एजेन्सीलाई भने कि वार्ताका क्रममा वार्ताहरू कडा भए पनि उनीहरू जारी रहने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *