काठमाणडाै । अमेरिकामा गाेली चल्दा दस जना घाइते भएका छन । गाेली ब्रुकलिनकाे सब वे रेलभित्र चलेकाे हाे । गोली लागेका मध्ये पाँचजनाको अवस्था गम्भीर छ ।
ब्रुकलिनको सब वे रेलभित्र आक्रमण गर्नु अघि ग्यास मास्क लगाएका आक्रमणकारीले धुवाँको क्यानिस्ट फालेर यात्रुहरूलाई आतंकित बनाएका थिए । सुन्तला रंगको भेस्ट र खैरो रंगको स्वेटर लगाएका आक्रमणकारीले हाते बन्दुक प्रयोग गरेको प्रहरीले बताएको छ ।
आक्रमणलगत्तै वन्दुकधारीहरु फरार छन ।




