खेलकुद

क्वार्टरफाइनलबाटै बाहिरियाे बायर्न

काठमाडौँ । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराति आफ्नै मैदानमा भएको च्याम्पियन्स लिगको क्वार्टरफाइनलकाे दोस्रो लेगमा स्पेनिस टोली भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएपनि २-१को हारसहित बायर्न प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।

खेलको ५१औं मिनेटमा रोर्बेट लेवान्डोवेस्कीको गोलमा बायर्नले घरेलु मैदानमा अग्रता बनाएको थियो । तर, ८८औँ मिनेटमा सामु चुक्वेजेले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुका साथै भिल्लारियलको अन्तिम चारको यात्रा पनि तय गरे ।

पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० ले स्तब्ध बनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *