एजेन्सी । भारत र अमेरिकाले पाकिस्तानलाई आतंकवादी हमलाका लागि आफ्नो भूमि प्रयोग गर्न बन्द गर्न र मुम्बई, पठानकोट हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेको छ ।
भारत र अमेरिकाबीचको ‘टू प्लस टु वार्ता’पछि जारी गरिएको संयुक्त विज्ञप्तिमा पाकिस्तानसँग यस्तो माग गरिएको हो ।
बैठकमा भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहका साथै अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केन र लोयड अस्टिन सहभागी थिए। भारत र अमेरिकाको यो संयुक्त वक्तव्य यस्तो समयमा आएको हो जब पाकिस्तानमा इमरान खानको स्थानमा शाहबाज शरीफ नयाँ प्रधानमन्त्री बनेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा मन्त्रीहरूले पाकिस्तानलाई तत्काल त्यस्ता स्थायी कदमहरू चाल्न आग्रह गरेका छन् ताकि आफ्नो माटो कुनै आतंकवादी हमलाको लागि प्रयोग हुन नपरोस्।’




