राजनीति

कांग्रेसले बोलायो ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ को बैठक

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ को बैठक बोलाएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक राख्ने भएको हो ।

बैठक आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय (सानेपा) मा बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यही चैत १५ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *