समाचार

अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

जनकपुरधाम । अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले धनुषाको जनकपुरधामबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट उनीहरू पक्राउ परेका हुन् ।प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम–८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंहलाई पक्राउ गरिएको हो ।

ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना मुद्दा शीर्षकमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *