समाचार

आजदेखि निर्वाचन अधिकृतलाई तालिम दिँदै आयोग

काठमाडौं । निर्वाचन आयोगले आज (मंगलबार)देखि निर्वाचन अधिकृतहरुलाई अभिमुखीकरण तालिम दिँदैछ ।

वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि अयोगले तालिम दिन लागेको हो ।

अभिमुखीकरण कार्यक्रमका लागि प्रदेश १ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त सगुन शमशेर जवरा र कर्णाली प्रदेशका लागि आयुक्त जानकीकुमारी तुलाधर सहभागी हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन २०७९ वैशाख १ गतेदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ प्रकाशन गर्ने पनि जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *