सम-सामयिक

आचारसंहिता उल्लघंन गरेको भन्दै नेकपा एससँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीसँग स्पष्टीकरण सोधेको छ ।

भृकुटीमण्डपमा सो पार्टीले आयोजना गरेको सभाका क्रममा निर्वाचन आचारसंहिता उल्लघंन भएको गुनासो आएको भन्दै आयोगले ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भृकुटीमण्डपमा आयोजित सभामा आचारसंहिता विपरीत कार्य गरेकोबारे सो पार्टीसँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *