विश्व

इमरान खानको पार्टीका सांसदले राजीनामा दिदै, प्रधानमन्त्री चयनमा सहभागी नहुने

काठमाडौँ । पाकिस्तानमा नयाँ प्रधानमन्त्री बन्ने तयारी भैरहेका बेला इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का सांसदहरुले राजीनामा दिने भएका छन् ।

इमरान खानले पिटीआईको संसदीय दलको बैठकमा सबै सांसदलाई राजीनामा दिन निर्देशन दिएको जियो न्यूजले उल्लेख गरेको छ । खानले निर्देशन दिएपनि कैयौं सांसदले भने प्रतिपक्षी दलहरुलाई मैदान खाली गरेर छोड्न नहुने बताएको उल्लेख गरिएको छ ।

इमरान खानले यो संसदमा भाग नलिने भन्दै आज हुने प्रधानमन्त्रीको निर्वाचन पनि बहिष्कार गर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री इमरान खानले संसदीय दलको बैठकमा भनेका छन्- ‘हामी उनीहरुसँग कहिल्यै पनि सभामा बस्न सक्दैनौँ ।’

त्यस्तै पीटीआई नेता तथा पूर्व सूचनामन्त्री फवाद चौधरीले राजीनामा दिने र स्वतन्त्रताका लागि लड्ने बताएका छन् ।

यसै बीच केहि पिटीआई सांसदहरुले राजीनामा दिएको पत्र सामाजिक संजालमा सार्बजनिक गरेका छन् ।

इमरान नेतृत्वको पिटीआई पार्टीका नेशनल एसेम्बलीमा १५५ सांसद रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *