देश

निर्वाचनको वातावरण बनाउन सरकारलाई सभामुखकाे आग्रह

काठमाडाैँ । सभामुख अग्नी सापकोटाले निर्वाचनको वातावरण बनाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगले सोमबार ललितपुरमा आयोजना गरेको निर्वाचनको प्रक्रियामा सही सूचना प्रवाह विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मुलुककै महान उत्सव भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

निर्वाचनको वातावरण छैन भनेर निराश हुने ठाँउ नरहेको भन्दै उनले निर्वाचन सम्पन्न गर्न ३३ दिन प्रयाप्त हुने धारणा राखे ।

उनले निर्वाचनलाई सफल पार्न निष्टा र इमान्दारीपूर्वक लाग्नुपर्ने धारणा राखे । संविधानलाई माथि उठाउने र निर्वाचनमा सहभागिता जनाउने विषयमा राजनीतिक दलहरू पनि गम्भीर हुनुपर्ने उनकाे भनाई छ ।

सभामुख सापकोटाले राजनीतिक दलहरू पारदर्शी र जवाफदेशी ढंगले जानुपर्नेमा जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *