देश

चर्को विवादमा परेका अर्थमन्त्री शर्माले डाके पत्रकार सम्मेलन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन डाकेका छन् ।

सोमबार दिउँसो ४ बजे अर्थ मन्त्रालयमा पत्रकारहरूलाई बोलाइएको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई छानबिनमा तानेपछि यतिखेर आर्थिक वृत्त तरङ्गित छ ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नसकेपछि गभर्नरलाई निलम्बन गरिएको भन्दै अर्थमन्त्रीविरुद्ध प्रचार भइरहेको छ ।

पत्रकार सम्मेलन क्रममा अर्थमन्त्री शर्माले देशको वर्तमान आर्थिक अवस्थालगायत आफूलाई विवादमा तान्न खोजिएका मामिलामा पनि धारणा राख्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *