खेलकुद

दोस्रो हारसँगै नेपाल प्रतियाेगिताबाटै बाहिरियो

काठमाडौं।एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएकाे छ। कीर्गिस्तानको बिस्केकमा ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो ।

समुह ‘बी’ मा रहेको नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानको ताजकिस्तानको चार अंक छ भने दोस्रो स्थानकाे उज्वेकिस्तनको तीन अंक छ । तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ ।

ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएकाे थियाे ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *