समाचार

चन्द्रागिरि हिल्सका महाप्रबन्धकले दिए राजीनामा

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएका छन् ।

व्यक्तिगत समस्या देखाउँदै महाप्रबन्धक शाहले पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा आगामी ३० गतेबाट लागू हुने गरी सञ्चालक समितिले स्वीकृत समेत गरेको छ ।

सञ्चालक समितिले शाहको राजीनामा स्वीकृतसँगै नयाँ महाप्रबन्धकमा सञ्जीव थापालाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *